धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

भीम रावललाई लक्षित गर्दै सोडारीले भने–‘कसैकसैले खुट्टा कमाए’

भीम रावललाई लक्षित गर्दै सोडारीले भने–‘कसैकसैले खुट्टा कमाए’

धनगढी । नेकपा एकिकृत समाजबादी संसदिय दलका नेता दिर्घ सोडारीले भीम रावल लगाएत एमालेका १० जना युवा नेता खुट्टा कमाउँदै ओलीको प्रतिगमन सहेर बसेको आरोप लगाएका छन् ।

गोदावरी नगरपालिकामा आयोजित प्रथम नगरभेलामा बोल्दै नेता सोडारीले १० बुदेका नाममा रावल लगायतका दोश्रो तहका नेताले षडयन्त्र रचेको आरोप लगाए ।

हिजो ओलीलाई देखाईदिन्छौं भन्दै नारा लगाइरहेका थिए,’ सोडारीले भने,‘आज खुट्टा कमाएर त्यही ओलीको टाँङमुनि छिरेका छन्, यो सवै षडयन्त्र हो ।उनले एमाले विभाजन पछि भीमरावलको बास्तविकता बाहिर आएको बताए । संसद विघटनका वेला हामीसंग आउँदा रावललाई सवैले शत्तिशाली भएको ठानेका थिए,’ उनले भने,‘त्यो सत्य हैन, एमाले विभाजन पछि रावलको शक्ति प्रष्ट देखिसकेकोछ ।

रावल एमालेमा जाँदा पनि सुदूरपश्चिममा नेकपा एकिकृत पार्टी पहिलो दलबनेको उनले बताए । रावलले हामी संग सहकार्य गर्दा हामीले नेता मानेका थियौं,’ उनले भने,‘तर उनका भक्त कोहि थिएनन्, अहिलेपनि नेकपा (एस) सुदूरपश्चिममा ठुलो दल बनेकोछ उनले माओबादीबाट एमालेमा गएका लेखराज भट्टलाई समेत कम्जोर बनेको बताए । लेखराज भट्टलाई भोट दिएर जिताउने कार्यकर्ता माओबादीमै छन्,’ उनले भने,‘एमालेमा गएर भट्ट एक्लिएका छन्, यो क्षेत्रमा हामी चुनाव जित्नेछौं ।

सोडारीले रावललाई समाजबादी पार्टीमा आउन आग्रह गरे । समाजबादी पार्टीमा आए फेरी नेता मान्न आफुहरु तयार रहेको उनले बताए ।