धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिमका ३१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

सुदूरपश्चिमका ३१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशका थप ३१ जनमा कोरोना संक्रमण पुष्टि भएकोछ, भने १ जना संक्रमितको मृत्यु भएकोछ ।

बिहीबार प्रदेशमा १ हजार ४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएकोछ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहीबार १ सय २६ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा २३ र ८ सय ८७ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ८ गरी ३१ जनामा संक्रमण पुष्टि भएकोहो ।

बिहीबार थपिएका संक्रमित संगै सुदूरपश्चिममा कोरोना संक्रमण हुनेको कुल संख्या ४६ हजार ७ सय ५७ पुगेकोछ ।

यसैगरी बिहीबार सुदूरपश्चिमका १२ जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना निकोहुनेको संख्या ४६ हजार ३७ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएकोछ ।

स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार सुदूरपश्चिममा कोरोनाका कारण १ जनाको मृत्यु भएकोछ । मृत्यु हुनेमा कैलालीकी ४० बर्षिया महिला रहेका छन् ।

उनको उपचारका क्रममा धनगढी स्थित नोभा अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएकोछ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ८८ पुगेकोछ ।