धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

केही नेता मन्त्री बन्नकालागि मात्रै माधव नेपालसंग लागेका छन् : रावल

केही नेता मन्त्री बन्नकालागि मात्रै माधव नेपालसंग लागेका छन् : रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष भीम रावलले एमालेको केही सांसद मन्त्री बन्नका लागि मात्रै माधव नेपाल संग लागेको बताएका छन् । उनले मन्त्री नपाए धेरै सांसद एमालेमा फर्किने दावी समेत गरे ।

लामो समय पछि गृहजिल्ला अछाम पुगेका रावलले एमाले अछामको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्रीकै लागि नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)मा मतभेद सुरु भएको बताए ।

मन्त्रीका लागि गएकारुहले नवगठित नेकपा एसमा समेत विवाद ल्याइसके, रावलले भने,‘त्यहाँ मन्त्री बन्नका लागि हानथाप छ, जसका कारण दुई महिनाभन्दा बढी समय सम्म गठबन्धन यो सरकारले पूर्णता समेत पाउन सकेको छैन । उनले मन्त्रीका लागि आफ्नो नैतिकता भुल्नेहरुको धरातल अन्धकार बनेको बताए । नेकपा एसमा भविश्य नभएको भन्दै उनले सवैलाई एमालेमा फर्कन समेत आग्रह गरेका छन् ।

उनले एमालेलाई अझै बलियो बनाउन सवैले निःस्वार्थ किसिमले काम गर्नुपर्ने बताए । व्यक्तिगत स्वार्थलाई पाखा लगाउँदै हामीले पार्टी र देशका लागि काम गर्नु आवश्यकछ,‘रावलले भने,‘ त्यसका लागि हामीले मिलेर जानुपर्दछ, आगामी दिनमा एमालेलाई अझै बलियो बनाउनु पर्दछ । उपाध्यक्ष रावलले भौतिक तथा योजना मन्त्रालय अन्तरगत सडक, खानेपानी, सिचाई हुने, ठेक्का र कमिसन बढी आउने भएकाले त्यो मन्त्रालय कसले लिने भनेर मारामार परेको बताए । मन्त्री को बन्ने भनेर नै समाजवादीमा मतभेद रहेको उनले बताए ।