धनगढी पोष्ट
शुक्रबार, ०१ असोज २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रिक्त स्थानमा मन्त्री नियुत्त गर्ने तयारी गरेकोछ । एमाले विभाजन पछि सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालय रिक्त रहेकोछ । यस अघि आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह रहेकोमा उनले नेकपा एमाले रोजेर मन्त्री पदबाट राजिनमा दिएका थिए ।
आर्थिक मामिला तथा योजना मन्त्रालय संगै सो मन्त्रालयको राजय मन्त्री पदपनि रिक्त रहेकोछ । रिक्त मन्त्रीमा नेकपा एकिकृत समाजबादीका प्रदेससभा सदस्य तारालामा तामाङ र सोही दलका प्रकाश रावल मध्य एक जनालाई पठाइने तयारी रहेको बुझिएकोछ ।
नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले रिक्त स्थानमा आजै मन्त्री नियुक्ति गर्ने तयारी रहेको बताए । मन्त्री कोबन्ने भन्ने टुङ्गो लागेपनि पहिलानै सार्वजनिक नगरिने उनले बताए ।
माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादी सहभागी छ । प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक÷एक सांसद छन् ।