धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

धनगढीमा खाद्य व्यवस्था र साल्ट ट्रडिङले छुट्टछुट्टै सुपथ मुल्यपसल सञ्चालन गर्ने

धनगढीमा खाद्य व्यवस्था र साल्ट ट्रडिङले छुट्टछुट्टै सुपथ मुल्यपसल सञ्चालन गर्ने

धनगढी । विगतमा एउटै स्थानबाट सुपथ मुल्य पसल सञ्चालन गर्दै आइरहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनि र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुदूरपशिचममा यस बर्ष छुट्टाछुट्टै स्थानबाट पशल सञ्चालन गर्ने भएका छन् ।

यस अघि धनगढी स्थित साल्ट ट्रेडिङ कर्पोरेसनको कार्यालय अगाडीबाट संयुक्त सुपथ मुल्य पसल सञ्चालन गरिएपनि दुवै संस्था प्रतिष्पर्धामा उत्रिदा यस बर्ष छुट्टाछुट्टै पसल सञ्चालन गर्ने होडमा देखिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ठाउँ उपलब्ध नगराउदा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले छुट्टै स्थानबाट पसल सञ्चालन गरिएको जनाएकोछ । पोहोर साल ठाउँ नभएको भन्दै विचैमा साल्ट ट्रेडिङले हाम्रो सामाग्री बेच्न दिएन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका जिन्सि सहायक जगत कुँवरले भने,‘तयसैले यस बर्ष हामी आफ्नै पसल सञ्चालन गरेर चाडवाडमा जनतालाई सुपथ मुल्यमा सामाग्री उपलब्ध गराउने छौं ।

उनका अनुसार सुदूरपश्चिम स्थित कैलालीको धनगढी र मोहनपुर, कञ्चनपुरको महेन्द्रनगर, अछाम, डडेल्धुरा, बझाङ र बाजुराको दुई ठाउँमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । सुपथ मूल्यका पसलबाट मोटो चामल, जिरा चामल र गहुँ मात्रै बिक्री हुने जनाइएकोछ । उनका अनुसार खाद्यान्नमा प्रति क्वीन्टल ५ सय रुपैयाँ छुट गरिएको छ । यस बर्ष देखी छुट्टै पशस सञ्चालन गरिएका कारण धेरै सामाग्री राख्न नसकिएको बताउँदै उनले आगामी बर्ष उपभोग्य सामाग्री बढाइने बताए ।

खाद्य व्यवस्थाले शुक्रबार आफ्नो मात्रै सुपथ मुख्य पसल सञ्चालन गर्दा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड सुदूरपशिचम प्रदेश कार्यालय धनगढीले शनिबार देखी आफ्नै सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी गरेकोछ । साल्ट ट्रेडिङले शनिबार देखी धनगढी स्थित आफ्नै कार्यालयमा जोडिएको सटरबाट सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी गरेकोछ ।

साल्ट टे«डिङका नायव कार्यकारी अधिकृत केशव प्रसाद पाण्डेले खाद्य संस्थानले पसल सञ्चालनमा समन्वय नगरेको बताए । त्यसैपनि हाम्रो आफ्नै सामाग्री धेरै हुँदा ठाउँ अभाव भइरहेको थियो,‘ पाण्डेले भने,‘त्यसैमा खाद्य कम्पनिले हामीसंग समन्वनै नगरेर आफ्नै पसल सञ्चालन गरेकोछ, अव हामी आफ्नो छुट्टै पसलबाट जनतालाई सुपथ मुल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउनेछौं । उनका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले नुन, चिनी, दाल, तेल, चामल, साबु लगायतका दैनिक उपभोग्य सामाग्री सुपथ मुल्यमा विक्रि गर्नेछ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मुल्य पशल मार्फत नून प्रतिकिलो १८ रुपैयाँ र चिनी प्रति किलो ७९ रुपैयाँ तथा अन्य सामाग्रीमा पनि छुट सहित सामाग्री विक्रि गर्ने जनाएकोछ ।