धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सुदूरपश्चिममा थपिएका आर्थिम मामिला मन्त्री तामाङ र राज्यमन्त्रीले लिए सपथ

सुदूरपश्चिममा थपिएका आर्थिम मामिला मन्त्री तामाङ र राज्यमन्त्रीले लिए सपथ

धनगढी  सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङबोहरा नियुक्त भएका छन् । थपिएका दुवैजना मन्त्रीले आजै (शुक्रबार) प्रदेश प्रमुख समक्ष सपथ लिएका छन् । एमाले रोजेपछि अल्पमतमा परेका  अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्री विहन रहेको थियो ।

नववियुक्त आर्थिक मामिला योजना मन्त्री तामाङ एमालेका पुर्व प्रमुख सचेतक हुन् । एमाले अध्यक्ष केपिशर्मा ओलीले संसद विघटन गरेपछि माधव समुहमा लागेका तारालामा तामाङले एमाले विभाजन हुँदा नेकपा एस रोजेका हुन् ।

बझाङकी माया तामाङभने संसद विघटनमा ओली खेमामै रेहेकिथिइन् । एमाले विभाजन पछि उनले नयाँ दलका रुपमा नेकपा (एस) लाई रोजेकिहुन् ।

प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, सभामुखसहित एमालेका ११, जसपा र लोसपाका एक÷एक सांसद छन् ।