धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

७६ जनाको कोरोना परिक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि

७६ जनाको कोरोना परिक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा शनिबार ३८ जनामा संक्रमण पुष्टि भएकोछ ।

अस्पतालका सूचना अधिकारी दिलप कुमार श्रेष्ठका अनुसार शनिबार अस्पतालमा ७६ जनाको स्वाव परिक्षण गरी कोरोना परिक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएकोहो ।

उनका अनुसार शनिबार अस्पतालमा उपचाररत ३ जना कोरोना निकोभएर घर गएका छन् भने २ जना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल सेती अस्पतालमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।