धनगढी पोष्ट
शनिबार, ०२ असोज २०७८ मा प्रकाशित
धनगढी । दुई दशक देखी चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजनाको अध्यन गर्न सरकारी टोली डोटी पुगेकोछ ।
अष्ट्रेलियन कम्पनि, चाइनिज कम्पनिले लामो समय सम्म होल्ड राखेर छोडेको पश्चिम सेती जलविद्युत आयोजना अध्यन गर्न नेपाल सरकारलेनै अध्यन टोली गठन गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल सम्मिलित टोलीमा लगानी बोर्डका प्रमुख सुशील भट्ट, उर्जा सचीव देवेन्द्र कार्की लगायत प्राविधिकहरु रहेका छन । टोलीले पश्चिम सेती जलविद्युत आयोजनाका सम्भावना, चुनौती संगै स्थानीय संग छलफल गर्ने कार्यक्रम रहेकोछ । अध्यन टोली डोटी पुग्दा स्थानीयले बाजागाजा सहिच स्वागत गरेका छन् ।