धनगढी पोष्ट
शनिबार, ०२ असोज २०७८ मा प्रकाशित
धनगढी । बझाङमा गहना लुट्नका लागि एक युवकले आफ्नै हजुर आमोको अत्या गरेको खुलेकोछ ।
जिल्लाको दुर्गाथली गाउँपालिका–५ की ८५ वर्षीया रीखीदेवी जप्रेल भदौ २९ गेते खाल्डोमा गाडिएको अवस्थामा मृत भेटिएकि थिइन् । भदौ २७ गतेदेखि बेपत्ताभएकी वृद्धाको खोजि गर्दा खालडोमा भेटिएपछि हत्या आसंकामा उनकै २३ बर्षिय नातीशुवास जप्रेललाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका शुवास जप्रेलले आफुलेनै हजुरआमाको हत्या गरेको स्वीकारेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार शुवासलाई सोधपुछ गर्दा हजुरआमाले नाक र कानमा लगाएको मुद्री लुट्न हत्या गरेको स्वीकारेको बताए ।
पक्राउपछि शुवासका सहोदर काका देवराज जप्रेलले उनी विरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्धा दर्ता गरेका छन् । सोही अनुसार अदालतबाट ७ दिन म्याद थप अनुमती लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख खड्काले बताए ।