धनगढी पोष्ट
शनिबार, ०२ असोज २०७८ मा प्रकाशित
धनगढी । कोरोनाका कारण बन्द रहेको दीपायल विमानस्थल पुनःसञ्चालनमा आएको छ । कोरोना जोखिम बढेको भनदै डोटीको हवाई सेवा बैशाख देखी बन्द गरिएको थियो ।
विमानस्थल पुनः सञ्चालन भएकामा यहाँका नागरिक खुशी छन् । नयाँ कार्यतालिका अनुसार हप्तामा एक दिन दिपायलदेखि धनगढी बिमान सञ्चालन हुने नागरिक उड्यन तथा प्राधिकरणको कार्यालयले जनाएको छ ।
दिपायलबाट धनगढीका लागि प्रत्येक शनिबार उडान भर्ने कार्यतालिका तयार गरिएको छ भने समिट एयरले पनि उडान भर्ने धनगढी बिमानस्थल प्रमुख तेजबहादुर बुढथापाले बताए ।
कार्यालयका अनुसार हाललाई दिपायलदेखी धनगढीसम्मको भाडादर तीन हजार ४ सय कायम गरिएको जनाइएकोछ । सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा निर्माण गर्ने सहमतिका कारण निरास भएका स्थानीय विमान स्थल सुचारु हुँदा खुशी भएका हुन् ।