धनगढी पोष्ट
शनिबार, ०२ असोज २०७८ मा प्रकाशित
धनगढी । नेपाल क्रिकेट संघ (क्यान) ले सुदूरपश्चिम प्रदेशका लागि खेमराज भट्ट र जानकी भट्टलाई क्रिकेट प्रशिक्षकमा नियुक्त गरेकोछ । क्यानले शनिबार ७ प्रदेशका लागि १० प्रशिक्षक नियुक्त गरेको थियो । क्यानले प्रदेश १ मा पुष्प थापा, प्रदेश–२ मा प्रकाश शर्मा र सुनील शाह, बागमती प्रदेशमा सञ्जय महर्जन र गण्डकी प्रदेशमा रिजन प्रजुलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।
यस्तै लुम्बिनी प्रदेशका लागि बसन्त शाही र जमिल अन्सारी र कर्णालीका लागि वीरेन्द्र शाहीलाई नियुक्त गरेकोछ ।