धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

आठौं परिवार योजना दिवस मनाइयो

आठौं परिवार योजना दिवस मनाइयो

धनगढी । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले अन्तरक्रिया सहित ८ औं योजना दिवस मनाएको छ । कोभिड१९ को महामारी परिवार योजना सेवामा सवैको पहुँच बराबरी भन्ने नाराका साथ दिवस मनाइएको हो ।

सामाजिक विकास मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरिक्षक आशा थापाले परिवार नियोजनको अवस्था र प्रयोगबारे कार्यपत्र प्रस्तुत गरेकि थिइन् ।

कार्यक्रममा सहभागि मुस्लिम समुदायका प्रतिनिधिहरुले पनि परिवार नियोजनका साधन प्रयोय गरिरहेको बताएका थिए । कार्यक्रममा सहभागिहरुले अवका दिनमा परिवार नियोजनका साधानहरु आफु पनि प्रयोग गर्ने र अरुलाई पनि यस प्रति आकर्षित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालयकी तथ्याङ्क व्यवस्थापक ईश्वरी भट्टका अनुसार कैलालीमा परिवार नियोजनका साधन प्रयोगदर बढ्दोक्रममा छ । कैलालीमा हाल ५० दशमलव ४ प्रतिशन नागरिकले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको उनले बताइन् । उनले अझैपनि परिवार नियोजनका साधनको प्रयोग बढाउन ग्रामिण क्षेत्रमा सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने बताइन् । कार्यक्रम परिवार नियोजन संघ, फाया नेपाल लगायतका संस्थाको सहयोगमा सञ्चालन भएकोहो ।