धनगढी पोष्ट
शनिबार, ०२ असोज २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार शनिबार प्रदेशका ९ सय २७ जनाको स्वाव परिक्षण गरिएकोमा ४६ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार ९९ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा ४४ र ८ सय २८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको हो ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४६ हजार ८ सय ५३ पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १९ जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना निकोहुनेको संख्या ३६ हजार ७ सय ९३ पुगेको छ ।
निर्देशनालयका अनुसार शनिबार कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएकोछ । मृत्यु हुनेमा कञ्चनपुरको पनर्वास नगरपालिकाका ५० बर्षिय पुरुष रहेकाछन् । उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो संगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ८९ पुगेकोछ ।