धनगढी पोष्ट
आइतबार, ०३ असोज २०७८ मा प्रकाशित
धनगढी ।
देशभर संविधान दिवस मनाईरहँदा कैलालीमा थारु समुदायले भने यस दिनलाई कालो दिनका रुपमा मनाउँदै संविधान जलाउने भएका छन् ।
संविधानमा आफ्ना अधिकार नसमेटेकाले संविधानको धारा २७४ र अनुसुचि ४ जलाउएर कालोदिन मनाइने थारु कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधव थारुले बताए । ‘विगत देखीनै हामीले संविधान दिवसलाई कालो दिनकारुपमा मनाउँदै आएका छौं,’ उनले भने,‘यस पटक पनि त्यसलाइ निरन्तरता दिइनेछ ।’
उनले थारु समुदायमा मागलाई संविधानमा नसमेटिए सम्म संविधान नमान्ने बताए । ‘थरुहट थारुवान स्वायत्त राज्य, टिकापुर घटनामा दोषि ठहरिएकाको रिहाई’ लगायतका माग राखेर थारु समुदाय आन्दोलनरत रहेका छन् ।
थारु समुदायले आज कैलालीको वजोशीपुरमा सभा सहित कालो दिवस मनाउने कार्यक्रम रहेको उनले बताए । थारु कल्याणकारिणी सभा कैलाली, थरुहट थारुवान राष्ट्रिय मोर्चा र थारु विद्यार्थी समाजले सभाको संयुक्त आयोजना गर्ने जनाइएकोछ ।