धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

महेन्द्रनगर गाविसको जग्गा प्रकरणमा धमाधम बयान

महेन्द्रनगर गाविसको जग्गा प्रकरणमा धमाधम बयान

धनगढी । कञ्चनपुर स्थित तत्कालिन महेन्द्र नगर गाविसको जग्गा प्रकरणको अनुसन्धान तिब्र रुपमा अघि बढाइएकोछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अनुसन्धानका क्रममा कर्मचारीसहित १ सय भन्दा बढीको बयान समेत लगेको जनाइएकोछ ।

समितिका पदाधिकारीले तोक आदेशलाई आधार मानेर महेन्द्र नगरबजार क्षेत्रको डिपिआर गरिएको भूभाग समेत बिक्रि गरिएको पाइएपछि अख्तियारले छानविन अघि बढाएको थियो ।

छ सय ३८ बिघा जमिन रहेको सो समितिलाई हाल भीमदत्त नगरपालिकाको मातहत ल्याइएको छ । जग्गा अनियमितताको विषय छानबिनका लागि अख्तियारको टोली भदौ तेस्रो साता कञ्चनपुर आएको थियो । पदाधिकारीकोे अवैध कामको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन यसअघि नै पहल भए पनि पार भने लाग्न सकेको थिएन ।

अख्तियार स्रोतका अनुसार हालसम्म समितिका कर्मचारीसहित जग्गा लिने १ सय बढीको बयान लगिएकोछ । अख्तियारले बयानमा नआउनेहरुको नाम सार्वजनिक गर्नाका साथै उनीहरूलाई केन्द्रमै  झिकाउने योजना बनाएको छ । श्रोतका अनुसार २०५८ देखि नै कञ्चनपुरमा जग्गा उद्योग, व्यवसायका नाममा जग्गा वितरण थालिएको थियो ।