धनगढी पोष्ट
आइतबार, ०३ असोज २०७८ मा प्रकाशित
धनगढी । संविधान दिवसका अवसर पारेर कैलाली कारागारमा रहेका ६ जनाको कैद मिनाह गरिक्एोछ ।
कैद मिनाह हुनेमा कैलालीका चार सहित ६ जना कैदीको सजाय मिनाहा भएको जिल्ला कारागार कैलालीका निमित्त जेलर तथा नासु बिरेन्द्र बहादुर बोहराले बताए ।
सजाय मिनाहा हुनेमा कैलालीको (साविक बलिया गासिव) वडा नम्बर ८ की खेमा कुमारी अर्याल देवकोटा, लम्कीचुँहा नगरपालिका–९ का चक्र बहादुर चौधरी, गौरीगंगा नगरपालिका–६ का प्रेम सिंह साउँद र धनगढी उपमहानगरपालिका–८ का राम प्रसाद राना रहेका छन ।
यस्तै कञ्चनपुरका राहुल भनिने कृष्ण कुमार चौधरी र पर्वत जिल्लाका कृष्ण शर्मा तिवारीको कैद सजाय मिनाहा भएको कैलाली कारागारका निमित्त जेलर बोहराले जानकारी दिए ।
सजाय मिनाहाका लागि दुई भारतीय सहित ९ जनाको नाम सिफारिस गरिएकोमा ६ जनाको मात्रै स्वीकृत भएर आएको निमित्त जेलर बोहराले बताए ।