धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

संविधान दिवसका अवसरमा बझाङका ४ जना कैदी रिहा

संविधान दिवसका अवसरमा बझाङका ४ जना कैदी रिहा

धनगढी संविधान दिवसको अवसरमा बझाङका ४ जना कैदि रिहा भएका छन् । बझाङका कर्तव्य ज्यान मुदा लागेका २ जना र बहुविवाह गरेका २ जना गरी  ४ जनालाई राष्ट्रपतिले कैद सजाय माफी गरेकी हुन् ।

जसमा कर्तव्य ज्यान मुदा लागेका दुर्गाथली गाउँपालिका ५ का चक्र जप्रेल २०७० असोज २९ गतेदेखि जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए । उनलाई  सर्बोच्च अदालतले १५ बर्ष कैद सजाय तोकेको थियो। सबै गरी जप्रेलले ७ वर्ष ११ महिना ३ दिन जिल्ला कारागारमा रहेका थिए । बाँकी सजाय माफी गरिएको छ ।

मष्टा गाउँपालिका ३ घर भएका रामचन्द्र खड्का पनि कर्तव्य ज्यान मुदामा २०७७ साउन ४ गते देखी जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए ।

त्यस्तै, बहुविवाहको मुद्दा लागेका केदारस्युँ गाउँपालिका १ का शिवराज भण्डारी २०७७ साल कार्तिक २७ गते देखी जिल्ला कारागारमा कैद सजाय भोग्दै आएका थिए । बहुविवाहकै मुदा लागेका जयपृथ्वी नगरपालिका ३ का राजेन्द्र खड्का २०७७ भदौ ९ गते देखी जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए । सर्बोच्च अदालत र जिल्ला अदालत बझाङबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद कट्टा गरी माफी मिनाहा गरेपछि आज ४ जना जिल्ला कारागार बझाङबाट छुटेका जिल्ला कारागार बझाङका जेलर धनबहादुर घर्तीले बताए ।