धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

पाँच सय जनाकाको निशुल्क आँखा उपचार

पाँच सय जनाकाको निशुल्क आँखा उपचार

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा आयोजित निशुल्क आँखा शिविरमा पाँच सय पाँच जनाको निशुल्क आँखा परिक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघ, गेटाआँखा अस्पताल र लायन्स क्लब अफ अत्तरिया सिटीको आयोजना तथा ड्याक फाउण्डेशनको सहयोगमा सञ्चालित शिविर अत्तरिया स्थित जनकल्याण मावि तेघरीमा सम्पन्न भएको थियो ।

शिविरमा ५ सय ५ जनाको आँखा परिक्षण गनुका साथै ७० जना मोतिविन्दु लगायत काआँखाका बिरामीको  निःशुल्क शल्यक्रिया गर्न गेटाआँखा अस्पताल पठाइएको गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत रमेश चन्द्र भट्टले बताए । उनका अनुसार शिविरमा १ सय ५५ जनालाई निःशुल्क चश्मा वितरण गरिएकोछ ।

यसैगरी २ सय ८० जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार गरिएको नेत्र अधिकृत भट्टले बताए । शिविरमा आर्थिक रुपमा कम्जार भएका तथा शारिरीक रुपमा अशक्त नागरिक, मोतिविन्दुको कारणदुबै लामो समय देखी दुवै आँखाको दृष्टिगुमाका बिरामीलाई सेवा प्रदान गरिएको उनले बताए ।

गेटाआँखा अस्पतालका बरिष्ट नेत्र अधिकृत रमेश चन्द्र भट्टको नेतृत्वमा संचालित उक्त आँखाशिविरमा १२ जना प्राविधिकको टोलीले खटिएको थियो । शिविर व्यवस्थापन नेपाल नेत्रज्योति जिल्लाशाखा कैलाली, लायन्स क्लब अफ अत्तरिया सिटीका पदाधिकारी र जनकल्याण माविका शिक्षक, विद्यार्थीले सहयोग गरेका थिए ।

गेटाआँखा अस्पताल तथा अन्तरगतका आँखाउपचार केन्द्रले  स्वास्थ्य बीमा गरेका नागरिकलाई निशुल्क आँखा परिक्षण, औषधि उपचार, मोतिविन्दुको फेको प्रविधिबाट अप्रेशन र अन्य आँखाको शल्यक्रिया निःशुल्क हुनुका साथै वर्षमा एक पटक  १ मुल्य बराबरको हजार सम्मको चश्मा निःशुल्क उपलब्ध गराउँदै आएकोछ । तर समुदाय स्तरमा स्वास्थ्य बीमा सम्वन्धि प्रयाप्त जानकारीको अभावका कारण वीमित बिरामी अस्पताल आउन नसकेकोमा शिविरले त्यसतालाई बढी फाइदा भएको नेत्र अबिधृत भट्टले बताए ।

सुदूरपश्चिममा अन्धोपन न्यूनीकरका लागि गेटाआँखा अस्पतालले प्रत्येक वर्ष अस्पताल तथा अन्तरगतका १६ वटा आँखा उपचार केन्द्रबाट नियमितउपचार सेवा संगै सरकारी तथा गैर सरकारी संस्थाको सहयोगमा आँखा शिविर संचालनगर्दै आएकोछ ।