धनगढी पोष्ट
सोमबार, ०४ असोज २०७८ मा प्रकाशित
धनगढी । नेपाली कांग्रेस कैलालीको क्रियाशील सदस्यता विवाद टुंङ्गीएकोछ । कैलाली लगायत देशभरका १३ जिल्लामा रहेको क्रियाशिल विवाद टुङ्गयाएपछि अव ती जिल्लामा वडा अधिवेसन गर्ने बाटो खुलेकोछ । तर वडा अधिवेसन कहिले गर्ने भन्ने बारेमा भने अझै निर्णय भएको छैन । कांग्रेस केन्द्रिय कमिटिले १३ जिल्लाको वडा अधिवेसन मिति चयन गर्ने जनाइएकोछ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले क्रियाशील सदस्यतामा सहमति जुटाएका हुन् । यता कैलालीमा पनि लामो समय देखी क्रियाशील सदस्यता विवाद टुंग्याएको छ ।
टीकापुर नगरपालिका १ मा नयाँ सदस्यता स्थगन गरेर पुरानाबाटै अधिवेशन हुने सहमति भएको छ । नयाँ क्रियाशील सदस्यताका सम्बन्धमा वडाले पेस गरेको सूची र क्षेत्रीय सभापतिले पेस गरेको सूचीमा विवाद देखिएपछि नवीकरणलाई मात्रै मान्यता दिइएको हो ।
कैलालीको निर्णय कार्यान्वयनको जिम्मा नेताहरु जीवन परियार र योगेन्द्र चौधरीलाई दिइएको छ । १३ जिल्लाको क्रियाशील सदस्यताको टुंगो समयमै नलाग्दा ५ गते ७ जिल्लामा मात्रै वडा अधिवेशन हुने भएको छ ।
यसअघि नै वडा अधिवेशन सकिएका ५७ जिल्ला तथा ५ गते वडा अधिवेशन हुने ७ जिल्लामा ९ गते पालिका अधिवेशन गर्ने निर्वचन समितिले जनाएको छ ।