धनगढी पोष्ट
सोमबार, ०४ असोज २०७८ मा प्रकाशित
धनगढी । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सोमबार बसेको संघिय संसदको बैठकमा आफ्नो अबरोध कायमै राखेकोछ । तर सरकारले भने प्रतिपक्षलाई पेलेरै जाने नीति अघिबढाएको देखिन्छ । एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले संसद्को कारवाही अगाडि बढाएका छन् ।
सोमबारको बैठकमा विपक्षीको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेश गरेकोछ । सरकारले भदौ २५ गते पेश गरेको विनियोजन विधेयक सोमवार पारित गर्ने तयारी गरेकोछ । बैठकमा विभिन्न मन्त्रालय अन्तर्गत विनियोजित शीर्षकमाथि एकमुष्ट छलफल गर्ने कार्यसूची छ ।