धनगढी पोष्ट
सोमबार, ०४ असोज २०७८ मा प्रकाशित
धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा ९ जना घाइते घएका छन् । भे १ च १११६ नम्बरको जीप सोमबार बिहान साढे नौ बजे देहिमाडौं नजिक दुर्घटना भएको प्रहरीले जनाएकोछ ।
दुर्घटनामा परी घाइते ९ मध्य चालक मेलौली नगरपालिका–३ का २८ वर्षीय जनकबहादुर चन्द गम्भी रहेका प्रहरीले जनाएकोछ । अन्य घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
उकालो कच्ची बाटोमा जीप चढ्न नसक्दा ब्याक भएको र ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएकोछ । जीप ब्याक भएर सडकमै पल्टिएको थियो ।