धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीमा उपचाररत बझाङका २ जना कोरोना संक्रमितको मृत्यु

सेतीमा उपचाररत बझाङका २ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत बझाङका २ जना कोरोना संक्रमितको मृत्यु भएकोछ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बझाङको सुर्मा गाउँपालिकाका ७७ बर्षिय र ४० बर्षिय पुरुष रहेका छन् ।

यसैगरी सेतीको परिक्षणमा सोमबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । सोमबार सेती अस्पतालमा १ सय ६२ जनाको स्वाव संकलन गरी पिसिआर विधिबाट परिक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार सोमबार सम्म सेती अस्पतालामा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने सोमबार ५ जना कोरोना निकोभएर घर गएका छन् ।