धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सीमामा चेकजाँच गर्दा सशस्त्र प्रहरीका जवान भारतीय नागरिबाट कुटिए

सीमामा चेकजाँच गर्दा सशस्त्र प्रहरीका जवान भारतीय नागरिबाट कुटिए

धनगढी । सीमामा चेकजाँच गर्ने क्रममा भारतीय नागरिकबाट सशस्त्र प्रहरीका जवान कुटिएका छन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकमा नेपाल तर्फ चीनि ओसारी रहेका भारतीय नागरिकलाई रोकेपछि दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा सशस्त्र प्रहरी बल नेपालका जवान सुदिव सुनार ड्युटीमै कुटिएका हुन् ।

मोटसाईकलमा चीनि ओसारपसार गरिरहेका नागरिकलाई रोक्दा उनले आफ्नो समूह नै बोलाएर जवान सुनारमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकोछ । भारतीय नागरिकको कुटाईमा परेका सशस्त्रका जवानलाई स्थानीयको सहयोग गरेका थिए । स्थानीय बलबहादुर खड्काका अनुसार आठ जनाको समूहमा आएका तस्करले जवान सुनारलाई कुटपिट गर्न थालेपछि स्थानीयले प्रतिकार गरेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले घटनाको अनुसन्धान भइरहेको बताए ।