धनगढी पोष्ट
मङ्गलबार, ०५ असोज २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार मंगलबार प्रदेशका ९ सय ६६ जनाको स्वाव परिक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएकोहो । निर्देशनालयका अनुसार मंगलबार २८ जनामा पिसिआर विधिबाट र ११ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएकोहो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४६ हजार ९ सय ४९ पुगेकोछ ।
स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार सुदूरपश्चिमका १३ जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या ४६ हजार २ सय १० पुगेकोछ । सुदूरपश्चिममा कोरोनाका कारण ५ सय ९१ जनाको मृत्यु भएकोछ । मंगलबार भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएकोछ ।