धनगढी पोष्ट
मङ्गलबार, ०५ असोज २०७८ मा प्रकाशित
धनगढी । अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा धनगढी स्थित पार्क मोडमा दीप प्रज्वलन गरिएकोछ ।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश, इन्सेक सुदूरपशिचम, अलार्ट, महिला कानून र विकास मञ्च कैलाली, मानव अधिकारका लागि एकल महिला समुह सुदूरपश्चिम, एफ.डब्लु एल्डि जिल्ला सञ्जाल कैलाली, सिभिडिपि र टिपिओ नेपालको संयुक्त आयोजनामा दीप प्रज्वलन कार्यक्रम गरिएकोहो ।
दिप प्रज्वलन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तले कोरोनाका कारण आक्रान्त अहिलेको परिवेसमा शान्तिको आवश्यकता अपरिहार्य रहेको बताए । नेपाल शान्ति क्षेत्र भएको बताउँदै उनले शान्तिका प्रयास सफल बनाउँदै विश्वमा शान्तिको सन्देश फैलाउन सवैले लाग्नुपर्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख मोहनदेव जोशीले १९८१ मा संयुक्त राष्ट्रसंघले प्रस्ताव पारित भएपछि सन १९८२ देखी शान्तिदिवस मनाइने गरेको बताए । उनले शान्तिको महत्व अझै पनि आवश्यक भएको बताए । गौतम बुद्ध जन्मेको देशबाट विश्वभर शान्तिको सन्देश फैलाउनु आवश्यक रहेको उनले बताए ।