धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

सेतीको परिक्षणमा १९ जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा १९ जनामा कोरोना पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतामाल गरिएको कोरोना परिक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार बुधबार ९३ जनाको स्वाव परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार बुधबार २ जना संक्रमित अस्पता भर्ना भएका छन् भने १ जना निकोभएर घर गएका छन् । बुधबार सम्म सेती अस्पतालमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।