धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बाजुरामा बाढी, घर, हाइड्रो र वालीमा क्षेति

बाजुरामा बाढी, घर, हाइड्रो र वालीमा क्षेति

धनगढी । बाजुरामा परेको अबिरल बर्षा पछि आएको बाढीका कारण लाखँैंको क्षेति भएकोछ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बाजुराका दर्जनौँ स्थानमा अन्नबाली, भौतिक संरचना तथा हाइड्रोमा क्षति पु¥याएको छ ।

रातभर परेको मुसलधारे वर्षाका कारण बूढीनन्दा र बूढीगङ्गा नगरपालिका तथा जगन्नाथ र खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा बढी क्षति पुगेको हो । बाढीका कारण खप्तड छेडेदह गाउँपालिका६ र ७ मा विद्युत्, नहर र अन्नबालीमा क्षति पुगेको छ । आटीचौरको सुर्का बजारमा दुईवटा पसलसमेत बाढीले बगाएर क्षति पु¥याएको छ । बाढीले सुर्खा बजारमा धनबहादुर खड्का र खगेन्द्र खड्काको पसलमा पूर्ण क्षति पुगेको प्रहरीले जनाएकोछ ।

यस्तै चाम्डेबगर लघुजलविद्युत् आयोजनाको विद्यत्को नहर बगाएर क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध बनेको छ । सेवा अवरुद्ध बनेपछि सिङ्गो गाउँ नै अँध्यरोमा बस्न बाध्य भएका छन्। यस्तै सोही गाउँपालिका६ मैतोलामा बस्ने हेमन्तनाथ, मनेनाथ, चन्द्रनाथलगायत स्थानीयवासीका खेतबारी र अन्नबाली सबै बगाएर क्षति पु¥याएको छ । वर्षाका कारण सोही वडाका भरत गुयाल, अङ्गेनाथसहितका घरसमेत उच्च जोखिममा रहेको स्थानीयवासीसमेत रहेका व्यापारी मनवीर नाथले बताए ।

यस्तै वर्षाले जगन्नाथ गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा हिँड्ने बाटाहरुसमेत भत्किएका छन् । दिनमा चर्किलो घाम लाग्ने र रातिमा ठूलो पानी पर्ने गरेका कारण बाजुराका सयौँ बस्ती बाढीपहिराको उच्च जोखिममा छन् ।

साउन भदौमा वर्षाका कारण खासै समस्या नभएपनि विगत केही दिनदेखिको निरन्तर वर्षाले धानबाली भित्र्याउन समेत समस्या भएको किसान डबल रोकायाको भनाइ छ । सोमबारदेखि सडक खुलाउन पहल भए पनि लगातार पानी परेका कारण समस्या भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।