धनगढी पोष्ट
बुधबार, ०६ असोज २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बुधबार ९ सय १२ जनाको स्वास्थ्य परिक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार बुधबार १ सय १९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएकोहो भने, ७ सय ९३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४६ हजार ९ सय ८७ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार सुदूरपश्चिमका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना निकोहुनेको संख्या ४६ हजार २ सय २० पुगेकोछ ।