धनगढी पोष्ट
बुधबार, ०६ असोज २०७८ मा प्रकाशित
धनगढी । अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको मोटरसाइकलले साइकललाई ठक्कर दिंदा साइकलमा सवार अन्दाजी १७ बर्षिय बालक घाइते भएका छन् ।
गोदावरी नगरपालिकाका ३५ बर्षिय चालक नरेश मडैले चलाएको अनटेष्ट मोटरसाईकलले धनगढी–३ बोराडाँडी स्थित ज्ञान आयल अगाडी बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।
घाइते हुनेमा दार्चुलाको अपिनप्पा घर भइ हाल धनगढी–३ बस्दै आएका अन्दाजी १७ बर्षिय बालक मनिस बम रहेका छन् । साईकल दुर्घटनामा परी घाइते भएका बालक अचेत अवस्थामा रहेका र उनको धनगढी स्थित मायामेट्रो अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको जनाइएकोछ ।
दुर्घटनामा परी मोटर साईकल चालक मडै सोही मोटरसाईकलमा सवार उनकि श्रीमति र छोरी समेत सामान्य घाइते भएकोमा सवैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चटकपुरले जनाएकोछ ।