धनगढी पोष्ट
बिहिबार, ०७ असोज २०७८ मा प्रकाशित
धनगढी । बैतडीमा एक व्यापारी मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुर्नया गाउँपालिका स्थित सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका अन्दाजी ४५ वर्षीय कमलसिंह महरा बिहीबार बिहान मृत फेला परेका हुन् ।
मृतक महराको टाउकोमा गम्भीर चोट रहेको र हत्या आसंकामा छनविन भइरहेको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट रहेकाले हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको प्रहरीको भनाई छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।