धनगढी पोष्ट
आइतबार, १४ असार २०७७ मा प्रकाशित
धनगढी
धनगढीबाट विप्लव समूहका कैलाली जनसरकार प्रमुख दलबहादुर विक सहित ६ जना पक्राउ परेका छन् । जनसरकार प्रमुख सहित धनगढी नगर ईन्चार्ज र बिद्यार्थी नेता पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शनिवार राति जनसरकार प्रमुख विक, धनगढी ईन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एबं प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा जनसरकार प्रमुख, धनगढी नगर ईन्चार्ज संगै विप्लव निकटको अखिल क्रान्तिकारीका पुर्ब जिल्ला अध्यक्ष हाल पार्टी जिल्ला सदस्य बबरजंग सिंह, अखिल क्रान्तिकारी कैलाली जिल्ला अध्यक्ष सुवास जोशी, डम्बर सुनार र लक्की शाह रहेका छन् ।
उनीहरुलाई शंकास्पद गतिविधीमा संलग्न भएको आशंकामा पक्राउ गरिएको प्रबक्ता बिष्टले बताए । यसैगरी पक्राउ परेका जनसरकार प्रमुख दलबहादलुर बिक हातहतियार तथा खरखजाना मुद्धामा फरार रहेका अभियुक्त समेत रहेका प्रबक्ता बिष्टले जानकारी दिए ।