धनगढी पोष्ट
बिहिबार, ०७ असोज २०७८ मा प्रकाशित
धनगढी । बझाङको छविस पाथिभेरा गाउँपालिका–७ का वडा अध्यक्षको कुर्चिमा बसेर एक व्यक्तिले धुम्रपान गर्दै गरेको फोटो सार्वजनिक भएपछि सो तस्बिरले विवादित बनेकोछ ।
यद्धपि वडा अध्यक्षले आफु कामको शिलसिलामा बाहिररहेका बेला उक्त घटना भएको बताएका छन् । छविसपाथिभेरा गाउँपालिका– ७ का वडाअध्यक्ष पदम मण्डेलले आफु कामको शिलसिलामा बाहिर रहेका वेला आफ्नो कुर्चिमा बसेर धुम्रपान सेवान गरेको बताएका छन् ।
वडा अध्यक्षको कुर्सीमा बसेर चुरोट तान्ने व्यक्ति भने सोही वडाका केशव धामी रहेको पाइएकोछ । धामी नेकपा माओवादी केन्द्र नेता हुन् । वडा अध्यक्षको कुर्चिमा बसेर धुम्रपान गर्ने केशव धामी माओवादी केन्द्र वडा कमिटी अध्यक्ष तथा सुर्मा आधारभूत विद्यालय बुडखोरीका अध्यक्ष रहेको पाइएकोछ ।
अध्यक्ष बाहिर गएपछि कार्यबाहकको जिम्मेवारी पाएका जहरे धामीले भने आफूलाई सो विषयमा कुनै जानकारी नभएको र वडा कार्यालय अन्तै सारिएकोले सामान सराउने बेला कतै बसेको हुन सक्ने बताए ।