धनगढी पोष्ट
बिहिबार, ०७ असोज २०७८ मा प्रकाशित
धनगढी । पार्टी विभाजन हुँदा नेकपा एकिकृत समाजबादी पार्टी रोजेकी गोदावरी नगरपालिका–३ की दलित महिला सदस्य पुनः नेकपा एमालेमै फर्किएकिछन् ।
उनले पत्रकार सम्मेलन मार्फत आफु एमालेमै फर्केको जानकारी गराएकिछन् । उनले आफूलाई झुक्याएर एकिकृत समाजवादी पार्टीमा प्रवेस गराइएको आरोप लगाएकिछन् । बादीको लागि रकम छुट्याएको र सो योजनामा सम्झौता गर्न भन्दै आफुलाई झक्याएर समाजबादी पार्टीमा सनाखत गराइएको उनको आरोप छ । उनले बादी महिलाका लागि छुट्याइएको बजेटमा हस्ताक्षर गर्न भन्दै धनगढी लगेर निर्वाचन आयोगमा दल त्याग सम्बन्धी पत्रमा हस्ताक्षेर गर्न लगाइएको बताइन् । तर आफु कुन कार्यालयमा गएर कहाँ हस्ताक्षर गरे भन्ने समेत केही थाहा नपाएको उनले बताएकी छन् ।
गोदावरी नगरपालिकामा उप मेयर सहित २ वडा अध्यक्ष र ६ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका थिए ।