धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

व्यापारी मृत्यु प्रकरणमा छानविन गर्न प्रहरीले ५ जनालाई नियन्त्रणमा लग्यो

व्यापारी मृत्यु प्रकरणमा छानविन गर्न प्रहरीले ५ जनालाई नियन्त्रणमा लग्यो

धनगढी । बैतडी स्थित एक जना व्यापारी मृत फेला परेपछि सोको छानविनका क्रममा प्रहरीले ५ जनालाई निण्न्त्रणमा लगेकोछ । बैतडीको सुर्नया गाउँपालिका स्थित सन्सेरीमाण्डौँका व्यापारी कमलसिंह महरा बिहीबार बिहान मृत फेला परेका थिए । स्थानीय तथा आफन्तले महराको हत्या भएको भन्दै छानविनका लागि प्रहरीलाई आग्रह गरेका थिए । सोही घटनाको छानविनका लागि स्थानीय ५ जनालाई प्रहरीले नियन्त्रणमा लगेको जनाइएकोछ ।

नियन्त्रणमा लगिएका पाँचै जना माथी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक दर्शन खड्काले बताए । सुर्नयाको सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया४ लेकडाँडाका अन्दाजी ४५ वर्षीय महरा बिहीबान बिहान बजार नजिकै मृत फेला परेका थिए । मृतक महराको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ ।