धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

डडेल्धुरामा पुनः वडा अधिवेशन माग गर्दै रिले अनशन

डडेल्धुरामा पुनः वडा अधिवेशन माग गर्दै रिले अनशन

धनगढी । नेपाली कांग्रेस डडेल्धरामा पुनः वडा अधिवेसन गर्न दवाव दिने उद्देश्यले रिले अन्सन थालिएकोछ ।

यस अघि देखिनै डडेल्धुरामा पुनः वडा अधिवेसन हुनुपर्ने माग राख्दै आएको रामचन्द्र पक्षइाले डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन सुरु गरेको हो ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले मनोमानी रुपमा अवैधानिक रुपमा क्रियाशिल सदस्यता वितरण गरेर जिल्ला कमिटिलाई वाइपास गर्दै निरङकुश शैलिमा वडा अधिवेशन गराएका कारण त्यसका बिरुद्ध बिहीबारदेखि रिले अनसन थालिएको जनाइएकोछ ।

विधान अनुसार वडा अधिवेसन गरिनुपर्ने माग राखेर रिले अन्सन सुरु गरिएको नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले बताए । उनका अनुसार बिहीबारदेखि अनिश्चितकालका लागि पार्टी कार्यालयमै रिले अनसन थालिएको छ ।

उनले जिल्ला कमिटिले सिफारिष गरेका चार सय ६० जनालाई क्रिायशिल सदस्यता दिइनु पर्ने र केन्द्रबाट जबरजस्ति क्रियासिल वितरण गरिएका तीन सय १५ जनाको क्रियाशिल खारेज गरिनुपर्ने बताए । उनले वडाबाट सिफारिस भएका क्रियाशिल सदस्य कायम गरी भदौ २५ गते गरिएको वडा अधिवेशन गर्दै पुनः वडा अधिवेसन गर्ने निर्णय नहुँदा सम्म अनसन जारी रहने बताए ।

क्रियाशिल सदस्यता विवादकै कारण जिल्ला सभापति कर्णबहादुर मल्लले वडा अधिवेशन स्थगीत गरेका बेला सुरक्षाकर्मी परिचालन गर्दै देउवा पक्षले गत भदौ २५ मा वडा अधिवेशन गरेको थियो । देउवाले हस्तक्षेप गरेर अवैधानिक रुपमा गरेको अधिवेशन स्थगीत गरी नयाँ मिति तोक्नुपर्ने माग जिल्ला सभापति मल्ल पक्षको छ ।