धनगढी पोष्ट
बिहिबार, ०७ असोज २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहीबार प्रदेशका १ हजार ४१ जनाको स्वास्थ्य परिक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार बिहीबार १ सय १७ जनाको पिसिआर विधिबाट परिक्ष गर्दा ३३ र ९ सय २४ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो ।
बिहीबार थपिएका संक्रमित सहित सुदूरपश्चिममा ४७ हजार ३३ जनामा कोरोना पुष्टि भएकोछ । ती मध्य ५ सय ९१ जनाको मृत्यु भएको छ, भने ४६ हजार ९ सय २९ जना कोरोना निकोभएर घर गएका छन् । सुदूरपश्चिममा बिहीबार ९ जना कोरोना निकोभएर घर गएका निर्देशनालयले जनाएको छ ।