धनगढी पोष्ट
शुक्रबार, ०८ असोज २०७८ मा प्रकाशित
धनगढी । मदिरा सेवान पछि विवाद हुँदा बैतडीमा व्यवपारीको हत्या भएकोे प्रारम्भिक अनुमान गरिएको छ ।
बैतडीको सुनर्या गाउँपालिका–४ लेकडाँडाका ५५ बर्षिय कमल सिंह महरा बिहीबार विहान स्थानीय सन्सेरीमाण्डौं बजार नजिकै मृत अवस्थामा भेटिएका थिए । मृतक महरा सोही ठाउँमा मासु पसल सञ्चालन गर्दै आएका थिए ।
घटनाको अनुसनधान गरिरहेको प्रहरीका अनुसार सामुहिक मदिरा सेवन पछि झगडा हुँदा व्यापारीको हत्या भएको प्रारम्भिक अनुमान गरिएकोछ । हत्याको छानविन गर्न प्रहरीले मृतक संगै महिदा सेवन गरेका दुई जना स्थानीय व्यापारीसहित सातजनालाई नियन्त्रणमा लिएको जनाइएकोछ । घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाही नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार फलामको रड प्रहार गरी व्यापारीको हत्या गरिएको देखिएकोछ ।