धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै भीम रावल असन्तुष्ट

१० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै भीम रावल असन्तुष्ट

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अध्यक्ष केपिशर्मा ओलीले १० बुदे सहमति कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै असन्तुष्टि जनाएका छन् । शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले १० बुदे सहमति कार्यान्वयन किन भएन ? भन्दै अध्यक्ष ओली समक्ष प्रश्न समेत गरेका छन् । उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका छन् ।

तर अध्यक्ष केपी शर्मा ओलीले यसबारे स्थायी कमिटीमा छलफल गर्ने आश्वासन दिएका छन् । २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि माधवकुमार नेपाल समूहमा रहेका दोस्रो पुस्ताका नेताहरु एमालेमै बसेका थिए ।