धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बझाङका युवकलाई भारतमा फाँसि दिने सजाए सुनाइयो

बझाङका युवकलाई भारतमा फाँसि दिने सजाए सुनाइयो

धनगढी । सुदूरपश्चिम प्रदेशको बझाङका एक युवकलाई भारतीय अदालतले फाँसीको सजाय सुनाएकोछ ।

४ बर्षिया बालिकामाथि बलात्कार गरेको पुष्टि भएपछि बझाङ जिल्लामा घर भएका युवालाई भारतको अदालतले फाँसीको सजाय सुनाएहो । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा चार बर्षीया सौतेली बहिनीलाई बलात्कार गरेको आरोपमा ३१ बर्षिय युवकलाई ३ अप्रिल २०२१ मा प्रक्राउ गरिएको थियो ।

गाउँमा बुवाआमाको मृत्युपछि सौतेली बहिनी दाईसँग पिथौरागढमा बस्दै आकी थिइन् । फाँसिको सजाय सुनाइएको वुवक पनि सोही स्थानमा दाई र बहिनी संगै बस्दै आएका थिए । प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा.ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले हिजो (शुक्रबार) आरोपीलाई फाँसीको सजाय सुनाएको हो । उक्त सजाय भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र बी अनुसार सुनाइएको जनाइएको छ ।