धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

भारत जानेको तथ्यांक राख्नेकाम व्यवस्थित गछौं : मन्त्री खड्का

भारत जानेको तथ्यांक राख्नेकाम व्यवस्थित गछौं  : मन्त्री खड्का

धनगढी । रोजगारीको शिलशिलामा सुदूरपश्चिमका नाका भएर भारत जाने नागरिकको तथ्याङ्ग थप व्यवस्थित तरिमकाले राख्नेगरी प्रदेश सरकारले काम अघिबढाएको जनाइएको छ । हाल नीजि संस्थाले भारत जाने नेपालीको तथ्याङ्क संकलन गर्दै आएकोमा सो कार्यलाई थप व्यवस्थित बनाइने प्रदेका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बताए ।

मन्त्री खड्काले रोजगारीको लागि भारत जानेहरुको तथ्यांक राख्नेकाम व्यवस्थित गर्दै प्रदेशको बेरोज्गार अवस्थाको अध्यन गरिने बताए । कम्तिाको को कहा गयो, केका लागि गयो, कति महिनाका लागि गयो भन्ने तथ्यांक व्यवस्थित गर्ने व्यवस्था गरिने उनले बताए ।

सुदूरपश्चिमबाट कामका लागि ९० प्रतिशत मानिसहरु भारत जाने गरेको समता नेपालको एक अध्ययनले देखाएको छ । नेपालीहरुको वडा दसैं तथा तिहार नजिकिएपछि धनगढीसँग जोडिएको त्रिनगर र महेन्द्रनगरसँग जोडिएको गड्डाचौकी नाका र दार्चुलाको झुलाघाट नाकाबाट दैनिक पाँच सय बढी मानिसहरु बालबालिकासहित भारत गइरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकले देखाउँछ भने दैनिक एक हजार जनाको हाराहारीमा स्वदेश फर्किने गरेका छन् ।

कोभिड सुरु भएपछि सीमानामा आवत जावत गर्नेको तथ्यांक जिल्ला प्रशासन कार्यालयले राख्न थालेपनि उनीहरुको विवरण राख्ने गरिएको छैन । रोजगारी गर्न भारत जाने कामदारको विवरण सरकारी निकायसँग नहुँदा उनीहरुलाई समस्या पर्दा उद्धार गर्ने र परिवारका सदस्यलाई सहायता गर्ने कामसमेत हुन सकेको छैन । अन्य मुलुक भन्दा भारतमा रोजगारी सबै भन्दा जोखिमपूर्ण रहेको समताको अध्ययनले देखाएको छ ।

यसरी रोजगारका लागि भारत जाने र फकिनेहरुको तथ्यांक रोजगार सूचना केन्द्र वा छुट्टै संरचना बनाएर व्यवस्थित गर्ने भन्ने विषयमा अध्ययन भइरहेको मन्त्री खड्काले बताए । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रोजगार सूचना केन्द्र, रोजगार मेला आयोजना, कार्यस्थलमा कामदारहरुको सुरक्षा, श्रम तथा रोजगार सम्बन्धी मापदण्ड, कार्यविधि, निर्देशिका निर्माण लगायतका शिर्षकमा दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।