धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कञ्चनपुरको गड्डाचौकी नाकामा आवतजावत सहज बनाउन माग

कञ्चनपुरको गड्डाचौकी नाकामा आवतजावत सहज बनाउन माग

धनगढी । काञ्चनपुरको गड्डाचौकी नाकामा आवतजावत सहज बनाउन माग गरिएकोछ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत बैशाखमा बन्द गरिएको नाका हाल सम्म पनि पुर्ण रुपमा सञ्चालन हुन सकेको छैन । सरकारले केही दिनअघि मात्रै नेपालभारत सीमानाका खुल्ला गर्ने निर्णय गरेको थियो त । तर उक्त निर्णय हाल सम्म पनि कार्यान्वयन भने हुन सकेको छैन ।

नेपाली दैनिक मजदुरीका लागि भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ । नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले जानकारी दिए । माथिबाट आएको परिपत्रअनुसार आधार कार्ड र पिसिआर रिपोर्ट हेरेर मात्रै भारतीयलाई आउन दिइएको छ, उनले भने, ‘पूर्णरुपमा अझै सहज भइसकेको छैन, त्यसका लागि केन्द्रबाट निर्णय आउनु पर्द छ । उनले भारतीय सवारी साधन भने अझै आउन रोक लगाइएको बताए। यहाँ भारतीय महेन्द्रनगर बजार क्षेत्रमा व्यापारिक कारोबार, घुम्नका साथै धार्मिक भ्रमणका लागि बढी मात्रामा आउने गरेका छन् ।