धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सेतीको परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सोमबार १ सय २२ जनाको स्वाव परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।  श्रेष्ठका अनुसार हाल अस्पतालमा ९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।