धनगढी पोष्ट
आइतबार, १४ असार २०७७ मा प्रकाशित
बैतडी
एक दिन अघि बैतडी जिल्लामा मृत्यु भएका क्वारेन्टिनमा भान्से ( खाना पकाउने ) को काम गर्दे आएका एक जनाको कोरोनाको रिपोर्ट आउँदै आज (आइतबार ) दाहसंस्कार गरिएको छ । स्वाब परिक्षणको रिपोर्ट आउन समय लाग्ने र धेरै दिन राख्न गाह्रो हुने भन्दै सुरक्षा बिधि अपनाएर दाहसँँस्कार गरिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले मृतकको स्वास्थ्य अवस्था पहिलेदेखि नै कमजोर रहेको र रिपोर्ट आउन धेरै दिन पर्खन गाह्रो हुने भएकोले सामाजिक दुरी काम गरेर परिवारले दाहसँस्कार गर्न दिएको बताए ।
प्रहरी निरीक्षक चन्दका अनसार परिवारका ८।१० जनाको मात्र सहभागितामा दाहसँस्कार गरिएको हो ।
दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा २ महिनादेखि खाना पकाउने काम गर्दै आएका ५२ बर्षीया मोहन सिंह पेलाको शनिबार बिहान मृत्यु भएको थियो । घरमा बेहोस भएपछि जिल्ला अस्पताल बैतडी लैजाने बेला बाटोमा नै उनको मृत्यु भएको थियो ।
बैतडी जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बसन्त जोशीले मृतक पेलको स्वास्थ्य अवस्था र बानी व्यहोरा हेर्दा समस्या नभएकोले परिवारलाई दाहसँस्कार गर्न दिइएको बताए ।
कोरोनाको सम्भावित बिरामीको दाहसँस्कारको बारेमा राष्ट्रिय मापदण्डले स्पष्ट नबोलेको, धेरै दिन राख्दा शब व्यवस्थापनमा समस्या आउने भएकोले सुरक्षाका मापदण्ड अपनाएर परिवारलाई दाहसँस्कार गर्न दिइएको जोशीले बताए ।