धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

लकडाउन हुँदा बेरोज्गारको शहारा ‘दलित महिला समुह’

लकडाउन हुँदा बेरोज्गारको शहारा ‘दलित महिला समुह’

धनगढी । कोरोना रोकथामका लागि विगत डेढ बर्ष देखी सरकारले पटक पटक  लकडाउन गर्दै आएकोछ । जसका कारण नेपालमा लाखौं नागरिकले रोजगार गुमाएका छन् ।

दिनभर मज्दुरी गरेर खाने बर्गालाई लकडाउनका कारण झनै समस्या हुँदै आएको छ । लकडाउन हुँदा काम नपाइने र काम नपाउँदा बिहान बेलुकीको छाक टार्न समस्या भएका हजारों मज्दुरलाई डेढ बर्ष यता समस्या हुँदै आएको छ । धेरै मज्दुर भोकभोकै बस्न बाध्य भए । लकडाउनमा अरुलाई सहारा मागने ठाउँ समेत विपन्न बर्गले पाएनन् ।

तर कैलालीको गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिका स्थित दलित महिलालाई भने दलित महिला समुहमा आबद्ध हुँदा लकडाउनमा केही सजिलो भएको छ । दलित महिला संघ (फेडोले) गोदावरी नगरपालिकामा १० र बर्दगोरिया गाउँपालिकामा १० गरी २० ओटा दलित महिला समुह गठन गरेर ती समुहमा आबद्ध महिलालाई नियमित बचत गराउँदै आएको थियो । मासिक ४ देखी १ सय रुपैंया सम्म बचत हुने ती दलित महिला समुहनै कोरोना महामारीकालमा पिपन्न बर्गमा सहरा बनेका हुन् ।

लकडाउ हुँदा हाम्रा धेरै सदस्यले काम पाउन छाडे, गोदावरी नगरपालिका ३ स्थित सगरमाथा दलित महिला समुहकी अध्यक्ष गीतादेवी बादीले भनिन्,‘काम नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्था पनि आयो, तर समुहमा आबद्ध महिलाले भने समुहबाट ऋण लेगर गुजरा चलाउँदै आएका छन् ।

लकडाउनमा व्यक्तिलाई ऋण माग्दा कसैले नदिने गरेको उनले बताइन् । दलित महिला समुहलेले सुलभ ब्याजदरमा आफ्ना सदस्यलाई ऋण उलबध गराउँदै आएको उनले बताइन् । समुहबाट ऋण लगेर धेरै महिला स्वरोज्गार समेत भएका छन्, उनले भनिन्,‘अप्ठयारो पर्दा समेत कतै जानु परेको छैन, छोराछोरी पढाउन, दुःख विरामी पर्दा समुहबाट ऋण लगेर काम चलाउँदै आएका छौं । उनको समुहमा २० जना महिला आबद्ध भएका छन् । लेबरी खोसिएका महिलालाई दलित महिला समुह लकडाउनको सहारा बनेको उनले बताइन् । आफुहरुको समुहमा फेडोले समेत पटकपटक केही रकम थप्दै आएको उनले बताइन् ।

गोदावरी नगरपालिका८ स्थित एकता दलित महिला समुहकी सचिव कमला नेपालीले पनि लकडाउन हुँदा महिला समुह सहारा बनेको बताइन् । म ३ बर्ष देखी दलित महिला संघ फेडोमा लागेर काम गर्दै आएकी छु, गोदावरी नगरपालिका८ की दलित महिला सदस्य समेत रहेकी नेपालीले भनिन्,‘यो अवधिमा समुहबाट शुलभ ऋण लगेर धेरै दिदिबहीनी आत्मनिर्भर समेत भएका छन्, सवै भन्दा ठुलो कुरा हाम्रो समुहमा आबद्ध सदस्यलाई लकडाउनमा पनि अप्ठयारो परेन, हामी खुशी छौं ।

सुरुमा समुह गठन गर्दा सवैले हेला ठानेको स्मरण गर्दै उनले भनिन्,‘कसैकसैले बचत समेत गर्दैनथ्य, समाजले पैसा लुट्न हो भन्दै कुरा समेत उठाउँथ्ये, तर आज यही समुह लकडाउनमा पेटको सहारा बन्यो, अहिले कुरा काट्ने पनि पाखा लागेका छन् ।

कैलालीको बर्दगोरि गाउँपालिका५ स्थित हरियाली महिला समुहकी सदस्य पद्मा विकले लकडाउनमा आफुलाई खानका लागि चिन्ता नलागेको सुनाइन् । दैनिक मज्दुरी गरेर पेट पाल्ने मेरो परिवारलाई सुरुको लकडाउनमा भने के गर्ने भन्ने चिन्ता लागेको थियो, उनले भनिन्,‘तर म दलित महिला समुहमा आबद्ध भएको सम्झेपछि त्यती चिन्ता लागेन, समुहबाट खाद्यान्नका लागि केही ऋण गरेर परिवार पाले, केही सहज भएपछि सवै मिलेर ऋण ति¥यौं । उनले समुहमा आबद्ध नभएका आफ्ना छिमेकिलाई भने लकडाउनमा खाद्यान्न जोहगर्नै मुस्किल भएको बताइन् ।