धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिमका ४० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

सुदूरपश्चिमका ४० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिमका थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सोमबार प्रदेशका एक हजार ३ सय ५० जनाको कोरोना परिक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार सोमबार १ सय ९४ जनाको पिसिआर परिक्षण गर्दा २४ र एक हजार १ सय ५६ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४७ हजार १ सय ३८ पुगेकोछ ।

यसैगरी सोमबार सुदूरपश्चिमका १८ जना कोरोना निकोभएर घर गएका छन् । सुदूरपश्चिममा सोमबार सम्म कोरोना निको हुनेको संख्या ४६ हजार ३ सय ३८ छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार सुदूरपश्चिममा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरकी ५७ बर्षिया महिला रहेकिछन् । उनको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ९३ पुगेको छ ।