धनगढी पोष्ट
मङ्गलबार, १२ असोज २०७८ मा प्रकाशित
धनगढी । कञ्चनपुरमा दुई लाख मुल्य बराबरको अबैध सामाग्री बरामद भएकोछ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–४ स्थित २ नम्बर गल्लीमा भारतबाट भन्सार छली ल्याइएको उक्त सामाग्री बरामद गरिएको हो ।
गुल्मे किला, पेन्ट, नट बोल्ट, घन्टा(घाट) लगायत विभिन्न हार्डवेयरका सामान गरी अन्दाजी २ लाख ६ हजार ५ सय ७० बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बरामद सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।