धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नवजीवन अस्पतालमा मृत्यु भएकी महिलाको न्याय माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

नवजीवन अस्पतालमा मृत्यु भएकी महिलाको न्याय माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

धनगढी । धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएकी कल्पना मल्लका लागि न्यायको माग गर्दै प्रर्दशन गरिएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएका विद्यार्थीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेका हुन् । नवजीवन अस्पताल तथा डाक्टरहरुको लापरबाहीले मल्लको ज्यान गएको उनीहरुको भनाई छ ।

कल्पनालाई न्याय दे, ‘अस्पताल प्रशासन मुर्दाबाद, ‘मेडिकल माफीया मुर्दाबाद जस्ता नारासहित उनीहरुले लगभग ३० मिनेटसम्म सडक जामसमेत गरेका थिए । मृतकलाई न्याय नदिए अस्पतालमा तालाबन्दी गर्ने समेत विद्यार्थीहरुले चेतावनी दिएका हुन् ।