धनगढी पोष्ट
मङ्गलबार, १२ असोज २०७८ मा प्रकाशित
धनगढी । जिल्ला अदालत कैलालीबाट सजाय तथा जरिवाना सुनाइए पछि फरार रहेका एक जना प्रतिबादी ९ महिना पछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी–१ का २८ बर्षेय नवीन चौधरी रहेका छन् । उनलाई २०७७ पुष १९ गते कैलाली जिल्ला अदालतले ७ महिना ७ दिन कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो ।
सजाय सुनाइएपछि फरार रहेका चौधरीलाई मंगलबार (आज) घर नजिकैबाट पक्राउ गरी जिल्ला अदालन कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकोछ ।