धनगढी पोष्ट
बुधबार, १३ असोज २०७८ मा प्रकाशित
धनगढी । कैलाली क्षेत्रनम्बर–५ बाट २०७० मा संविधान सभा सदस्य बनेका पुष्करनाथ ओझा कांग्रेस क्रियाशिल सदस्यको सूचिबाट हटेका छन् । ओझा क्रियाशिल सदस्य रहेको कैलाली क्षेत्र नमबर–५ ‘ख’ अन्तरगत धनगढी–५ बाट कांग्रेसले ३ सय ३३ जना क्रियाशिल सदस्यको नामवली सार्वजनिक गरेको छ । तर सो सूचिमा अोझाको नामावली भने छैन ।
२०७४ मा सम्पन्न निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै ओझालाई नेपाली कांग्रेसले कारवाही गरेको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर–५ बाट संघिय सांसदका लागि चुनाव लेडेकि थिइन् । उनि एमालेका उम्मेदवार नारद मुनी रानासंग पराजित भएकि थिइन् ।
निर्वाचनमा अन्तरघात गरेको भन्दै ओझा संगै कारवाहिमा परेका अन्य व्यक्तिको भने क्रिायाशिल सदस्यता नविकरण भएर आएको कांग्रेस नेताले बताए । ‘ओझा संगै कारवाहीमा परेका अन्य केही व्यक्तिको क्रियाशिल सदस्यता नविकरण भएर आएको देखिएकोछ,’ उनले भने,‘पुष्करनाथ ओझाको सदस्यता भने नविकरण भएको छैन ।’