धनगढी पोष्ट
बुधबार, १३ असोज २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीका अनुसार बुधबार प्रदेशका ९ सय ८९ जनाको स्वाव परिक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार प्रदेशमा १ सय ६१ जनाको एन्जिेन विधिबाट कोरोना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको र १ सय २८ जनाको पिसिआर विधिबाट कोरोना परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४७ हजार १ सय ९० पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार प्रदेशबाट १७ जना कोरोना निकोभएर घर गएका छन् । यो संगै सुदूरपश्चिममा कोरोना निको हुनेको संख्या ४६ हजार ४ सय ३९ पुगेको छ । सुदूरपश्चिममा बुधबार सम्म कोरोना संक्रमणका कारण ५ सय ९३ जनाको मृत्यु भएको छ । बुधबार भने संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएकोछ ।